बागमतीको नीति तथा कार्यक्रम पास गर्न मुख्यमन्त्री र अष्टलक्ष्मीको संयुक्त निर्देशन

बागमती प्रदेशको नीति तथा कार्यक्रम पास गर्न प्रदेशमा एमाले एक ढिक्का देखिएको छ । शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न निर्देशन दिएका हुन् । 
 
नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य मुनु सिग्देलले बागमतीको नीति तथा कार्यक्रम पास गर्न एमाले एक ढिक्का हुने बताइन् ।  शाक्यले संसदीय दलको बैठकमा बागमती प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिएका छन्।

नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा  बसेको बैठकमा एमालेका दुवै पक्षका सांसदहरू सहभागी भएका थिए । नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णयार्थ पेस हुँदैछ ।  

बैठकले प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको  अभिव्यक्ति भत्सर्ना योग्य रहेको भन्दै रेकर्डबाट हटाएर लिखित रूपमा माफी माग्नुपर्ने निश्कर्ष निकालेको निरौलाले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार ११:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया