भारतीय मूलकी पत्रकारलाई पुलित्जर अवार्ड, चीनबारे लेखेकी थिइन् समाचार

भारतीय मूलकी महिला पत्रकार मेघा राजगोपालनलाई पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ । यसलाई विश्वभरमा पत्रकारिता जगतको सबैभन्दा ठूलो पुरस्कार मानिन्छ ।

मेघाले आफ्नो रिपोर्टमार्फत चीनको सामूहिक हिरासत केन्द्रको वास्तविकता विश्वमाझ ल्याएकी थिइन् । उनले स्याटेलाइट तस्बिरको विश्लेषण गरेर चीनमा लाखौँको संख्यामा उइगुर मुसलमानलाई कैद गरेर राखेको विवरण पत्ता लगाएकी थिइन् । 

राजगोपालनले आफ्ना पिताले दिएको बधाई सन्देश ट्विटरमा पोस्ट गरेकी छन् । यस म्यासेजमा उनका पिता मेघालाई पुलित्जर पुरस्कार मिलेकोमा बधाई दिइरहेका छन् । 

उनका पिताले लेखेका छन्, ’मेघा, मम्मीले यो सन्देश फरवार्ड गरेकी हुन् । पुलित्जर पुरस्कार । धेरै राम्रो ।’ जसको जवाफमा मेघाले धन्यवाद भन्दै जवाफ दिएकी छन् । 

मेघासँगै इन्टरनेट मिडिया बजफिड न्युजका दुई पत्रकारलाई पनि पुलित्जर पुरस्कार दिइएको छ । भारतीय मूलका पत्रकार नील बेदीलाई पनि स्थानीय रिपोर्टिङ क्याटेगोरीमा पुलित्जर पुरस्कार दिइएको छ । उनले फ्लोरिडामा सरकारी अधिकारीबीच तस्करीलाई टम्पा बे टाइम्सका लागि खोजमूलक रिपोर्टिङ गरेकी थिइन् । 

अमेरिकाकी डार्नेला फ्रेजियरलाई पुलित्जर स्पेशल साइटेसन दिइएको छ । उनले मिनेसोटामा श्वेत प्रहरी र अश्वेत युवा जर्ज फ्लोएडको विवादका क्रममा प्रहरीले ज्यान लिएको घटना रेकर्ड गरेकी थिइन् । त्यस घटना सार्वजनिक भएपछि अमेरिका मात्रै नभएर विश्वभरमा नस्लीय हिंसाको विरोधमा प्रदर्शन भएको थियो ।  



पत्रकारिताको क्षेत्रमा पुलित्जर पुरस्कार सबैभन्दा पहिले सन् १९१७ मा दिइएको थियो । यसलाई पत्रकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मान मानिन्छ । 

पहिले यो पुरस्कार समारोहको आयोजन १९ अप्रिलमा हुने गरेको थियो । तर, यसवर्ष जुनसम्म स्थगित गरिएको थियो । अघिल्लो साल पनि विजेता घोषणा दुई साता ढिला भएको थियो ।



  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १३:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया