मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी, जसपा र जनमोर्चाको समर्थन

मुख्यमन्त्रीका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठनले रोचक मोड लिएको छ । प्रदेश प्रमुखले दिएको समय सकिएसँगै मुख्यमन्त्रीमा दोहोरो दाबी परेको सार्वजनिक भएको हो । 

प्रदेश सरकारको मुख्यमन्त्रीको लागि विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेल र नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङको बहुमतसहित दाबी परेको हो  । 

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा रहेका छन् । तर, विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री गुरुङले जसपाको महन्थ ठाकुर पक्ष र जनमोर्चाको कृष्ण थापाको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । 

मुख्यमन्त्रीमा बहुमतसहित दोहोरो दाबी परेपछि गण्डकी प्रदेशसभा पनि विघटनतर्फ उन्मुख भएको छ । नयाँ सरकार गठन हुन नसके स्वतः प्रदेशसभा विघटन भएर राष्ट्रपति शासन लागु हुनेछ । 

प्रदेशसभा विघटन भएको ६ महिनाभित्र हुनेगरी नयाँ चुनाव घोषणा हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गर्न सक्नेछन् । 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १५:५०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया