बाबुरामको आह्वान : ओली भाइरस गण्डकीमा पनि देखियो, सदाका लागि अन्त्य गरौँ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि देखिएको बताएका छन् । डा. भट्टराईले ओली भाइरसलाई सदाका लागि अन्त्य गर्न पनि आह्वान गरेका छन् । 

गण्डकी प्रदेशको मुख्यमन्त्री पदका लागि पृथ्वीसुब्बा गुरुङले पुनः दाबी गरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् । 

डा. भट्टराईले लेखेका छन्, 'ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो ।' 

डा. भट्टराईले ओली भाइरसबारे कोही पनि भ्रममा पर्न नहुने बताए । उनले अब भ्रम त्यागेर सबैले सबै तिरबाट सशक्त प्रतिवाद गर्नका लागि आह्वान गरे । 

डा. भट्टराईले ओली भाइरसलाई सदाको निम्ति अन्त्य गर्न सबैलाई आग्रह गरे । उनले ओली भाइरसलाई अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आह्वान गरेका छन् । 



 



  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार १७:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया