स्टडी इन इन्डिया एक्सपो : घरमै बसेर भारत अध्ययनबारे सम्पूर्ण जानकारी

स्टडिी इन इन्डिया भर्चुअल एक्सपोले भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एन्ड मिडिया एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणलगायत विषयमा जानकारी दिन लागेको हो । 

शुक्रबारदेखि लगातार ५ दिनसम्म भर्चुअल रुपमा भारत अध्ययन विशेष सञ्चालन भइरहेको आयोजकले जनाएको छ । एक्सपोमा ४० भन्दा बढी विश्वविद्यालय, २ सयभन्दा बढी विषय र शतप्रतिशतसम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।

एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनका लागि ‘माइन्डसेट’ तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधिबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने आयोजकको भनाइ छ । एक्सपो महत्वपूर्ण हुने भारतीय शैक्षिक मानवस्रोत व्यवस्थापक संस्था (एडसिल)का अध्यक्ष एवं कार्यकारी निर्देशक मनोज कुमारले बताए । 

‘यो भर्चुअल रुपमा सञ्चालन भएको एक्सपो अहिलेको जस्तो कोरोना महामारीको परिस्थितिमा धेरै नै उपायोगी हुनेछ,’ एक्सपोलाई विधिवत् रुपमा उद्घाटन गर्दै उनले भने,  ‘विद्यार्थीले यसबाट भारतको शैक्षिक प्रणालीको विषयमा सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले अफेयर्सको यो कार्यक्रम एकदमै उपयोगी हुनेछ ।’

त्यस्तै, भर्चुअल एक्सपोको उद्घाटन गर्दै अफेयर्स एक्जिविसन एन्ड मिडियाका कार्यककारी निर्देशक सञ्जीव वोलियाले भारतीय शैक्षिक संस्थालाई विश्वव्यापी रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय विद्यार्थीलाई भर्चुअल माध्यमबाट भारत अध्ययन विशेष सम्पूर्ण शैक्षिक जानकारी दिइने बताए । 

एक्सपोमा सहभागी हुन विद्यार्थीहरुले यसको वेभसाईट स्टडी इन इन्डिया डटकममा रजिस्टर गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २०:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया