कांग्रेस प्रवेश गर्ने तयारीमा दीपक मनाङे

गण्डकी प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले नेपाली का‌ंग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् । 

उनलाई केही दिनमा नै पार्टी प्रवेश गराउने गरी कांग्रेसले सम्झौता गरेको स्रोतले बताएको छ । यसको व्यवस्थापन काभ्रेमा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार बनेका गणेश लामाले गरेको बताइएको छ । 

लामालाई लकडाउनका बेला काठमाडौंबाट पोखरा गएको भन्दै प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो । उनी धरौटी बुझाएर अहिले छुटिसकेका छन् ।  

गणेश लामालाई पोखरामा पक्राउ नगरेको भए दीपक मनाङेले का‌ंग्रेसका पोखरेललाई समर्थन गर्ने सम्भावना नभएको बताइएको छ । 





  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २१:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया