प्रदेश सरकारले आफ्नो अस्तित्व बोध गराउन सकेका छैनन् : गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले प्रदेशमा बनेका सरकारहरुले आफ्नो अस्तित्व बोध गराउन नसकेका बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेललाई बधाई दिँदै थापाले अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्ने बताए । 

थापाले अहिलेको राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताए । उनले यस्तो अवस्थामा अब प्रदेश सरकारहरुले आफ्नो कामबाट नै जनतामा आशा जगाउनुपर्ने बताएका हुन् । 

थापा लेख्छन्, 'प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ ।'

 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार ८:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया