उदयपुरमा जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु

उदयपुरमा जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको ताप्ली गाउँपालिका ४ पोखरीडाँडामा भएको दुर्घटनामा १ जनाको ज्यान गएको हो । 

पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । बाँकी तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा १८ च १५६७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । 

दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । 

घाइतेमा कटारी नगरपालिका–१० का जीप चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् । 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १०:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया