धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या, पेन्सनका लागि हत्या भएकाे हुनसक्ने आशंका

पाँचथरमा धारिलो हतियार प्रयोग गरी एक वृद्धको हत्या भएको छ ।

जिल्लाको फिदिम नगरपालिका-४ जोरसाल निवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बुको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

प्रहरीका अनुसार लिम्बुको शरीरमा गहिरो चोटपटक देखिएको छ । इङ्वाको घरमा उनी र उनकी श्रीमती मात्र बस्दै आइरहेका थिए । लिम्बुकी बुहारी घरमा सासूससुरा भेट्न आएपछि घटनाको खुलासा भएको थियो । 

अवकाशप्राप्त भारतीय सैनिक लिम्बुले बिहीबार बैंकबाट पेन्सन बुझेका थिए । सोही पेन्सनका लागि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १२:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया