गण्डकी प्रदेशको सत्ताको खेलमा कहिले हिरो र कहिले भिलेन बन्दै आएका स्वतन्त्र सांसद दीपक मनाङेले प्रधानमन्त्री केपी शर्मा ओलीबारे आपत्तिजनक टिप्पणी गरेका छन्।
आइतवार मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले सपथ लिनुअघि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने क्रममा मनाङेले प्रधानमन्त्रीबारे आपत्तिजनक र अस्वभाविक प्रतिक्रिया दिएका हुन्।
कुनै बेलाका चर्चित गुण्डा नाइके मनाङेलाई अर्का गुण्डागर्दी पृष्ठभूमिकै कांग्रेस नेता गणेश लामाले विपक्षी गठबन्धनमा लाग्न मनाएका थिए। गण्डकी प्रदेशमा तेस्रोपटक मन्त्री हुनुअघि उनले आपत्तिजनक भाषा प्रयोग गरेर बोलेका हुन्। प्रतिपक्षी गठबन्धनसँगै धर्ना दिने क्रममा उनले यस्तो टिप्पणी गरेपछि आलोचना भइरहेको छ।
बहुमतसहित मुख्यमन्त्री दाबी गर्दा पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेस सांसद कृष्णचन्द्र पोखरेललाई नियुक्त नगरेको आरोपसहित प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका बेला मनाङेले पत्रकारसँग बोलेका थिए।
निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई धोका दिएर दुई दिन पहिले मात्रै उनी विपक्षीतिर लागेका थिए। मन्त्रीबाट राजीनामा दिएपछि उनी विपक्षी दलसँगै धर्नामा बसेका थिए। धर्नामै पत्रकारले प्रश्न राख्दै बोल्न लगाएपछि दीपकले यस्तो भनेका हुन्।
‘केपी शर्मा ओलीको न वर्तमान छ, न भविष्य छ । उसको पछि लाग्ने मान्छेको बुद्धि रैनछ क्या!', उनले भने, 'दुईवटा किड्नी नभएको मान्छे हो ओली। अरुको त किड्नी छ नि यार। बुद्धि भए छिटो उसलाई छाडेको राम्रो हुन्छ। मैले त बेलैमा छाडेकाले जोगिएको छु।'
गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका गुरुङ पोखरेलको सरकारमा विनाविभागीय मन्त्री भएका छन्। उनले नयाँ सरकारमा प्रदेशको गृहमन्त्रालय मागेका छन्।
भिडियो
@shiva.dahal दुईटा किड्नी नभएको मानिसको पछि लागेर काम छैन : दीपक मनांगे ##deepakmanangge ##deepakmanange ##gandakiprovince ##दिपकमनाङे ##दिपकमनाङ्गे
♬ original sound - Shiva Dahal
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।