आइतबारबाट इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल सकिँदै

आइतबारबाट इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल सकिने भएको छ । विपक्षी गठबन्धनले बखुमत पुर्याएपछि नेतान्याहूले सरकार छाड्ने भएका हुन् । 

विपक्षीहरुले नेतान्याहूको भन्दा एक सिट बढी पुर्याएपछि उनी सरकार छाड्न बाध्य भएका हुन् । अब उनी प्रतिपक्षी दलको नेतामा सीमित हुने भएका छन् । 

पछिल्लो दुई वर्षमा इजरायलमा तीनपटक निर्वाचन भइसकेको छ । नयाँ सरकार आएपछि दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरताको अन्त्य हुने धेरैले अपेक्षा गरेका छन् ।  

विपक्षी गठबन्धनबाट दक्षिणपन्थी नेता नाफ्टाली बेनेट प्रधानमन्त्री बन्ने भएका छन् । यद्यपि उनले केही अवधिपछि गठबन्धनको अर्को दलको नेतालाई प्रधानमन्त्री छाड्ने सहमति गरेका छन् । 

आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिनान पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको दुई वर्षका लागि याइर लपिड प्रधानमन्त्री बन्नेछन् ।

नेतान्याहूले नयाँ सरकार बनाउन लागेको गठबन्धनलाई ‘खतरानक गठबन्धन’को संज्ञा दिएका छन् । सो गठबन्धन धोखाधडी र आत्मसमर्पणबाट बनेको भन्दै उनले छिटै नै नयाँ सरकार ढालिदिने बताएका छन् ।





  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १७:८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया