काठमाडौंका यी ४ अस्पतालमा आज र भोलि कोरोनाविरुद्ध खोप लगाइने
फाइल तस्बिर

काठमाडौ महानगरपालिकाले फेरि २ दिन कोरोना विरुद्धको खोप लगाउने भएको छ । ६० र ६१ वर्ष उमेरका व्यक्तिलाई महानगरले कोरोनाविरुद्धको खोप लगाउने भएको हो । 

महानगरले जेठ ३१ अर्थात आज सोमबार र भोलि कोरोना विरुद्धको खोप लगाउने भएको हो । महानगरले एक सूचना जारी गर्दै विभिन्न चार अस्पतालबाट खोप लगाउन सकिने बताएको छ । 

यसअघि खोप अभाव भएर रोकिएको अभियानलाई आज र भोलि महानगरले फेरि सुचारु गर्ने भएको हो । जसअनुसार चारवटा खोप केन्द्र तोकेर अभियान पुनः सुरु हुन लागेको हो । 

महानगरले ६० देखि ६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाको बिरामीको जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।

महानगरले भेरोसेल खोप लगाउनका लागि काठमाडौंका वीर, त्रिवि शिक्षण, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई खोप केन्द्र तोकेको छ ।

 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ७:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया