'खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र : चाेरीविरुद्ध चाेरकै मुद्दा'

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको विवादमा निर्वाचन आयोगले गरेको फैसलामाथि व्यङ्ग्य गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जसपामा पुरानै कार्यकारिणी समिति र दुई अध्यक्ष रहने गरी आयोगले गरेको फैसला खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भएको टिप्पणी गरेका हुन् । 

डा. भट्टराईले जसपाको महन्थ-राजेन्द्र पक्षलाई चोरको संज्ञा दिँदै आफूहरुले चोरीको विरुद्धमा आयोगमा उजुरी दिएको तर चोरहरुले आफैँ प्रतिवाद गर्दै अर्को उजुरी दिएपछि आयोगले गलत निर्णय गरेको बताए । 

भट्टराईले आयोगले ठाकुर-महतो पक्षलाई आफूहरुले गरेको कारबाहीलाई मान्यता नदिएकोमा व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । उनले आयोगले जसपाको विवादमा दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गरेको टिप्पणी गरेका छन् । 

 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ८:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया