पूर्वसांसद अधिकारीको निधन

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । लमजुङ निवासी अधिकारीको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पतालमा निधन भएको हो । 

अधिकारी नेपाली कांग्रेस लमजुङका पूर्वसभापति हुन् । उनी संविधानसभा सदस्य रहेका थिए ।

अधिकारी लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगबाट ग्रसित थिए । दीर्घरोगी रहेका अधिकारी जेठ २८ गते अस्पताल भर्ना भएका थिए । 

कोरोना संक्रमण पुष्टि भएपछि अधिकारीलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ८:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया