फेरियो वितरण तालिका : अब कुन ठाउँमा कति दिनमा आउँछ खानेपानी ?

काठमाडौं उपत्यकामा खानेपानी वितरणको तालिकामा फेरबदल भएको छ । यससँगै अब विभिन्न स्थानमा आउने खानेपानीको समय परिवर्तन भएको छ ।

दैनिक १७ करोड लिटर पानी आइरहेको मेलम्ची परियोजनाबाट अबको २ महिना पानी नआउने भएपछि उपत्यकामा खानेपानी वितरणको तालिका फेरिएको हो । जसबाट सबैभन्दा बढी प्रभाव ललितपुरको सानेपा, कुपन्डोल क्षेत्रमा पर्ने देखिएको छ । 

ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने काठमाडौ. उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । एक सूचना प्रकाशित गर्दै केयुकेएलले वितरण तालिकामा फेरबदल गरेको हो । 

अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १०:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया