स्याउ तस्करी : हाकिमका कुरा नमिल्दा ४९ प्रहरी कारबाहीमा

स्याउ तस्करीमा संलग्न रहेको आरोपमा एक प्रहरी नायव निरीक्षण(सई)सहित तीन जनालाई निलम्बन गरेर कारवाही थालिएको छ।

साइकल मात्रै हिड्ने अनुमति पाएको सुनसरीको लाइ भन्सार नाकाबाट ट्रक नै पास हुन दिइएको विषयमा अनुसन्धान गर्न सुनसरीको सीमा क्षेत्रमा कार्यरत ३४ नेपाल प्रहरी र  १५ जना शसस्त्र प्रहरीलाई कार्यक्षेत्रबाट हटाइएको छ ।

उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, दंगा नियन्त्रण गण दुहवी र डिआइजी कार्यलयमा तानेर अनुसन्धान भइरहेको छ ।

प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भाण्टाबारीका प्रमुख सई गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो।

यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इञ्चार्ज असई आशनारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई निलम्बन गरिएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वरबाबु कार्कीले निलम्बन गरेर अनुसन्धान थालिएको बताए।



सिमा क्षेत्रमा सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी भएको गुनासो आएपछि प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी ईश्वरबावु कार्कीले ५ महिनाअघि  प्रहरी नायब उपरीक्षक विनोद शर्मालाई सीमाको अनुगमन गरी प्रतिवेदन बुझाउन भनेका थिए ।

शर्माले बुझाएको प्रतिवेदन अनुसार सुनसरीको भाण्टावारी, कोसी कटान र श्रीपुर प्रहरी चौकीका प्रमुखहरुलाई कारवाही गरिएको थियो ।



सुनसरीको तीन असई, दुई हवाल्दार र एक जना सिभिल सिपाहीलाई कारवाही गरी अहिलेका कार्यरत इन्चार्जहरुलाई पठाइएको थियो ।

डिआइजी ईश्वरबाबु कार्कीकै विश्वास पात्र भनिएका प्रहरीहरु नै स्याउको लाइन मिलाउन सक्रिय भएकाले स्याउ तस्करीमा उच्च प्रहरी अधिकारीकै हात रहेको प्रहरी अधिकृत बताँउछन् ।

डिआइजी ईश्वरवावु कार्की र सुनसरीका प्रहरी प्रमुख कमल थापाका बीचमा समेत सीमामा हुन तस्करीका बिषयमा कुरा नमिलेको प्रहरी श्रोतले जनाएको छ ।

सरुवा भएर जान लागेका डिआइजी र सरुवाको लिस्ट पर्खेर बसेका एसपीका बीचमा तस्करीको लाइनमा कुरा नमिलेका कारण स्याउ पक्राउ गरिएको श्रोतको भनाइ छ।

स्याउ, केराउ, डिजेल, कपडा, लगायतका सामान ट्रकका, ट्रक सुनसरीको श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकादेखि पनि वारीपारी भइरहेको छ ।

तर अहिले स्याउ भारतमा पक्राउ गरिनु प्रहरी हाकिमका  बीचमा कुरा नमिल्नु नै प्रमुख कारण रहेको प्रहरी श्रोतको दावी छ ।

भारतीय प्रहरीले बरामद गरेको चाइनिज स्याउ श्याम जैसवालको रहेको बुझिएको छ ।

जैसवालले सुनसरीको सीमा क्षेत्रका प्रहरीको इञ्चार्ज र जिल्लाका माथिल्लो तहका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सम्मलाई सेटिङ मिलाएर लाइन चलाएको स्रोतको भनाई छ ।

उनले स्याउको अतिरिक्त सुनसरीका सिमाबाट डिजेल समेत भारत तस्करी गर्दै आएका छन् । 

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार ११:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया