पश्चिम नवलपरासीमा थप निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले असार ७ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने गरिएको छ ।
अब खाद्यवस्तु, तरकारी, फलफुल, दुग्ध पदार्थ, ग्याँस, माछामासु लगायतका दैनिक आवश्यकका पसल बिहान ५ बजेदेखि २ बजेसम्म खुल्न पाउनेछन् ।
बैंक तथा वित्तीय संस्था भने जनस्वास्थ्यका मापदण्ड पालना गरी आधा कर्मचारी राखी बिहान १० बजेदेखि ३ बजेसम्म सेवा दिन पाउनेछन् ।
औषधि तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध हुनेछन् ।
जिल्लामा वैशाख २१ गतेबाट निषेधाज्ञा जारी गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।