कञ्चनपुरमा एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल निवासी ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले बालिकालाई ललाइफकाइ गरी जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।