कोपा अमेरिका अन्तर्गतकाे खेलमा अजेन्टिना र चिली एक अर्काकाे सामना गर्दैछन् । खेल नेपाली समय अनुसार आज राति २ः४५ मा सुरु हुनेछ ।
समूह ‘बी’ मा रहेका यी दुवै टोलीले शुक्रबार मात्र विश्वकप तथा दक्षिण अमेरिकी छनाेटमा एक अर्कासँग प्रतिष्पर्धा गरेका थिए । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।
यसै गरी भोलि बिहान हुने अर्को खेलमा पाराग्वे र बोलिभिया पनि प्रतिस्पर्धामा उत्रिने भएका छन् । उक्त खेल नेपाली समय अनुसार भाेलि बिहान ५ः४५ मा सुरु हुने छ ।
आज भएको खेल
आजै भएकाे काेपा अमेरिका अन्तर्गतकाे खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले हराएको थियो । त्यस्तै आज नै भएको अर्को खेलमा कोलम्बियाले इक्वेडरमाथि १-० को जित हात पारेको थियो ।
प्रतियोगितामा ५-५ टोलीको दुई समूह रहेको छ । दुवै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्नेछन् ।
जसमा समूह ‘ए’ मा ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुयला र पेरु रहेका छन् भने समूह ‘बी’ मा अर्जेन्टिना पाराग्वे, उरुग्वे, चिली र बोलिभिया रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।