मोरङमा थप निषेधाज्ञा जारी, निषेधाज्ञा केही खुकुलो

मोरङमा थप निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अब मोरङमा असार ७ गते मध्यरातसम्म निषेधाज्ञा जारी हुनेछ । 

कोरोना भाइरस संक्रमण तथा नियन्त्रणका लागि निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।  

निषेधाज्ञा थपिए पनि केही खुकुलो बनाइएको छ ।

निषेधाज्ञामा अत्यावश्यक काम बाहेक हिँड्न पाइने छैन । 

खाद्यवस्तु, तरकारी, फलफुल, ग्यास, माछामासु लगायतका दैनिक आवश्यकका पसल बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्न पाउनेछन् । यस अगि १० बजेसम्म मात्र खुल्न पाउँथे । 

औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घण्टा उपलब्ध हुनेछ । 





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १५:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया