‘रमेश सिलवाल रक्सी र केटी भनेपछि हुरुक्क हुन्छन्'
ओली र पृथ्वी सुब्बाबारे पनि विवादित टिप्पणी

दिपक मनाङे भनेर चिनिने गण्डकी प्रदेशसभामा सांसद राजीव गुरुङ केही दिन देखि निकै चर्चाको शिखरमा छन्। गण्डकी प्रदेशको सरकार जोगाउने र ढाल्नेमा उनी निर्णायक भएपछि एकाएक गुरुङको चर्चा चुलिएको हो। 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद जोगाउन आफ्नो सरकारमा गुरुङलाई भित्र्याए पनि गुरुङले कित्ता परिवर्तन गर्दै विपक्षी गठबन्धनमा लागे। उनकै निर्णायक मतको सहयोगमा एमालेका पृथ्वी सुब्बा गुरुङ हटाएर। नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बनिसकेका छन्। 

मुख्यमन्त्री नेपालीले स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री बनाएका छन्। उनको मन्त्रालय तोकिएको छैन। 

चर्चामा रहेका गुरुङले पछिल्ला दिनमा विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। युट्युबरका लागि मनाङेले अहिले राम्रो मसला बनिरहेका छन्। युट्युब च्यानललाई अन्तवार्ता दिने क्रममा मनाङेले विवादास्पद टिप्पणीहरू गर्दै आएका छन्। 

यसैबीच उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई केटी र रक्सी भनेपछि मरिहत्ते गर्ने व्यक्ति भएको आरोप लगाएका छन्। 

'रमेश सिलवाल भन्ने मान्छे कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने’ मन्त्री गुरुङले आरोप लगाएका छन्। 



परिषद्का सदस्य राजेश गुरुङलाई पनि ठक भएको भनेका छन्। एमालेका मान्छेहरु खेलकुद क्षेत्रमा छिरेर व्यापक भ्रष्टाचार गरेको आरोप पनि मनाङेले लगाएका छन्।​

भिडियो



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १९:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया