सुदूरपश्चिममा ओली समूहका सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ओली समूहका सात प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ । 

धनगढीस्थित एमाले सुदूरपश्चिम संसदीय दलको कार्यलयमा सोमबार बसेको बैठकले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका सातजनालाई निलम्बन गरेको हो ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्विप नै जारी गरेको थियो । यस्तै, प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि संसदीय दललले ह्विप जारी गरेको थियो । तर, ओली पक्षका सांसद हरुलाई दुवै निर्णयको विपक्षमा उभिएका थिए । 

दलको बैठकले उनीहरुमध्ये केहीलाई सात र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

सुदूरपश्चिममा ओली पक्षका लीलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए । 

संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्य पनि सहभागी थिए ।





  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार २०:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया