राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङलाई कारवाहीको माग गरेको छ।
राखेपले सोमबार विज्ञप्ति निकालेर प्रदेश मन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङमाथि लगाएको आरोपलाई अमर्यादित भनेको छ।
राखेपले अमर्यादित, अशोभनीय र लाञ्छनायुक्त तथा निन्दनीय अभिव्यक्ति दिएको जनाउँदै कारवाही माग गरेको हो । खेलकुदको विकास र विस्तारमा सक्रिय परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले खेल जगतको अपमान भएको दाबी राखेपले गरेको छ।
राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा समाजले पचाउन नसक्ने अभिव्यक्ति एउटा जनप्रतिनिधि र मन्त्रीबाट आउनु खेदजनक रहेको जनाइएको छ।
के भनेका थिए दीपक मनाङेले ? हेर्नुहाेस् याे भिडियाे—
दीपक मनाङेको आरोप : राखेप सदस्य सचिव रमेश सिलवाल केटी र रक्सी भनेपछि हुरुक्कै हुन्छन् pic.twitter.com/JDaBqJQJNZ
— FarakDhar.com (@farakdhar) June 14, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।