एमाले सक्ने योजनामा माधव नेपाल सम्मिलित विपक्षी गठबन्धन : लालबाबु पण्डित
आफ्नो घरमा आगो लगाएर नरमाउन चेतावनी

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन एमाले सक्ने योजनासहित बनाइएको दाबी गरेका छन्। 

एमाले मिल्ने दिशातर्फ अघि बढिरहेका बेला सोमबार दिउँसो एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालको घरमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बसेपछि लालबाबुले यसो भनेका हुन्।

तत्कालीन नेकपामा विवाद देखिँदा सुरुमा लालबाबु पनि माधव नेपाल समूहमै थिए। तर उनले एमाले विभाजनको पक्षमा आफू नलाग्ने भन्दै संस्थापनमै रहँदै आएका छन्। 

उनले कांग्रेस र माओवादीसँग मिलेर एमाले सिद्धिने पनि बताएका छन्। माधव नेपालको यस्तो कामलाई उनले आफ्नै घरमा आगो लगाएर खुसीयाली मनाउने प्रयास भनेका छन् ।

'अहिले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन नेकपा एमालेलाई कमजोर बनाई समाप्त गर्नका लागि हो', उनले भनेका छन्, 'नेकपा एमालेका कोही नेता रनभुलमा आफ्नो घरमा आगो लगाएर खुसियालीमा नरमाऊ।'

उनले यस्तो कदम नसच्याए इतिहासले धिक्कार्ने पनि बताएका छन्। 'यस्तो कामलाई इतिहासले धिक्कार्नेछ', उनले भनेका छन्, 'पछि आँसु पुछ्नेवाला कोही नभेटिएला। नेपालको जय होस् नेकपा एमालेको जय होस्।'





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार ९:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया