बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको एक वर्ष पुरा भयो । सुशान्तले गत वर्षको १४ जुनमा मुम्बईस्थित आफ्नै फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । मृत्युको एक वर्षसम्म पनि सुशान्तको आत्महत्याको कारण खुल्न सकेको छैन् ।
उनको वार्षिकीमा उनका फ्यान तथा सहकर्मीले सम्झना गरिरहेका छन् । सुशान्तको मृत्युको एक वर्षपछि अंकिता लोखन्डेले सुशान्तलाई सम्झना गरेकी छिन् । उनले सुशान्तसँगको सम्बन्धमा रहेका बेला खिचेका तस्बिरको भिडियो बनाएर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् ।
उनले पोस्टमा लेखेकी छिन् ‘१४ जुन । यो हाम्रो यात्रा थियो । फेरि भेटौंला ।’
सुशान्त र अंकिता टेलिश्रृखंला ‘पवित्र रिश्ता’ को सुटिङका क्रममा प्रेममा परेका थिए । उनीहरू प्रेममा परेको ६ वर्षपछि प्रेमसम्बन्धबाट छुट्टिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।