लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-१ भुसलडाँडाकी ३६ वर्षीया महिला रहेकी छिन् ।
संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो ।
हालसम्म पाल्पामा ६ हजार ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९९ जनाले ज्यान गुमाइसकेका छन् । यसै गरी पाल्पामा ७०० सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।