कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाएका एक जनाको मृत्यु भएको छ । भ्याक्सिनकै कारण भारतमा मृत्यु भएको यो पहिलो पटक हो । कोरोनाभाइरसकै कारण भएको साइड इफेक्टले यी व्यक्तिको ज्यान गएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।
भ्याक्सिन लगाउने यी व्यक्ति ६८ वर्षका हुन् ।
उनलाई एनाफिलाक्सिस भएको र त्यसैका कारण उनको कोरोना भ्याक्सिन लगाउने वित्तिकै निधन भएको भारतीय मिडियामा उल्लेख गरिएको छ । भारतीय वैज्ञानिकहरुले अब भ्याक्सिन लगाए पछि कम्तिमा पनि आधा घन्टा खोप केन्द्रमा नै बस्न अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।