गण्डकीको बजेट : कोरोनाबाट मृतकका परिवारलाई ५० हजार, सन्तानलाई भत्ता ५ हजार

कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई गण्डकी प्रदेश सरकारले जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा आगामी वर्षको बजेट वाचन गर्दै यस्तो घोषणा गरेका हुन्।

पोखरेलले कोरोना संक्रमणबाट मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने पनि घोषणा गरेका छन्। 

गण्डकीमा कोरोनाबाट करिब ८ सयले ज्यान गुमाएका छन्। यी मृतकका परिवारका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत रात दिने घोषणा पोखरेलले गरेका हुन्। 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया