प्रदेश-२ मा काेभिड नियन्त्रणका लागि २० कराेड विनियाेजन

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको जानकारी दिएका छन् ।

यादवले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि बताए । सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदलाई बजेट व्यवस्था गरेको जानकारी दिए ।

प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड विनियोजन गरिएको बताएका छन्।
 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:४९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया