प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षका लागि गत वर्ष प्रदेश १ ले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो । यो वर्ष आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याएका छन् ।
यो वर्ष प्रदेश १ सरकारले स्थानीय तहतर्फ ३ अर्ब २२ करोड ४२ लाख बजेट बिनियोजन गरेको छ । वित्तिय व्यवस्थापन तर्फ ३ करोड विनियोजन गरिएको छ ।
प्रदेश सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बजेटका बाँकी स्रोतमा केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख,समानिकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड,सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख,समपुरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिषेश अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त हुने रहेको छ । त्यसमा प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ ।
बैदेशिक अनुदान २६ करोड १३ लाख व्यर्होने आर्थिक मामिलामन्त्री आङ्कबुहाङले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।