गण्डकीले ल्यायो ३० अर्ब ३ करोडको बजेट, चालु वर्षभन्दा ४ अर्ब घट्यो

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि उक्त अंकको बजेट ल्याएका हुन्।

 मुख्यमन्त्रीमा नियुक्त भएको तीन दिनमै पोखरेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पनि ल्याएका हुन् ।

चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको बजेट ४ अर्बले सानो आकारको आएको छ। गत वर्ष ३४ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारले ३४ अर्बको बजेट ल्याएको थियो।

आगामी वर्षका लागि पोखरेलले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगत तर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट ल्याएको बताए। चालु आर्थिक वर्षको बजेट ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको थियो।

प्रदेशको आन्तरिक आम्दानी र केन्द्रको अनुदान घटेपछि प्रदेश बजेट पनि सानो आएको हो। गण्डकीमा केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ।

यस्तै सशर्त अनुदानतर्फ ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ केन्द्रले दिएको छ।



पोखरेलले स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा हस्तान्तरण हुने अनुदानलाई निरन्तरता दिइएको उनले बताए। 

वित्तीय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ। पोखरेलले कर प्रशासनमार्फत संकलन हुने करमा स्थानीय तहलाई राजश्व बाँडफाँटबाट ६० करोड विनियोजन गरिएको बताए।
 



  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १७:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया