एमालेले असार २ गतेका लागि तय गरेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने तयारी गरेको बताइएको थियो ।
एमालेलाई सर्वोच्च अदालतले ०७५ जेठ २ गतेको स्थितिमा फर्काइदिएपछि पुरानै कमिटीको बैठक बस्नुपर्ने नेपाल पक्षले माग गर्दै आएको थियो ।
एमालेका असन्तुष्ट पक्षले पूर्वमाओवादीबाट आएकाहरुलाई काखी च्यापेर आफूहरुलाई पाखा लगाएको भन्दै आक्रोश पोख्दै आएका छन् । भोलिका लागि बोलाइएको बैठकले असन्तुष्टि हल गर्ने अपेक्षा गरिएको थियो । तर, पूर्वसन्ध्यामा आएर बैठक स्थगित गरिएको छ ।
मंगलबार दिउँसो पनि ओली र नेपाल पक्षका दोस्रो तहका केही नेताबीच अनौपचारिक छलफल भएको थियो। उनीहरूकै सुझावअनुसार बुधबार बस्ने भनिएको बैठक केही दिन पर सारिएको बताइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।