लगातार वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो जाँदा ५० जना बेपत्ता भएका छन् ।
पहिराेले हेलम्बु गाउँपालिकाको तिम्बु बजारका सात घर बगाएको छ । यसै गरी हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा रहेका माछा फर्मका नौवटा पोखरी पनि पहिरोले बगाएको छ । तिम्बु बजारमा मानवीय क्षति भने भएको छैन ।
बेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ कर्मचारी र माछा फर्ममा कार्यरत ११ जना रहेका छन् । उनीहरूको खोजी कार्य तीव्र भइरहेको प्रहरीले बताएको छ ।
हेलम्बुकाे १, २, ३, ४, ६ र ७ वार्ड पहिराेबाट प्रभावित भएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।