डोटीमा पहिरोमा परी एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

डोटीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

जिल्लाको केआईसिंह गाउँपालिका-३ वासुदेवी देउकाँडा निवासी ६५ वर्षीय खडकबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा पानी नआएपछि पानीकाे अवस्था बुझ्न मुहान पुगेका बमकाे खिरणा खाेलाकाे पहिराेमा परी मृत्यु भएकाे  हाे ।

यसै गरी पहिरोमा परी वासुदेवी झिगावस्तीका १६ वर्षीय पुजा कुँवर र १३ वर्षीय पुनी कुँवर घाइते भएका छन् । पुजा कुँवरको टाउको चोट लागेको छ भने पुनी कुँवरको हात भाँचिएको छ ।
 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १०:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया