रियल मड्रिड र बार्सिलोनालाई च्याम्पियन्स लिगमा सहभागी हुन युइएफएको पत्र

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले रियल मड्रिड र बार्सिलोनालाई च्याम्पियन्स लिगमा सहभागी गराउन आग्रह गर्दै स्पेनिस फुटबल संघलाई पत्र पठाएको छ । 

स्पेनिस जायन्टका रूपमा परिचित दुबै टिमलाई युइएफए कारबाही गर्ने तयारीमा छ । युइएफए अध्यक्ष एलेक्सान्डर केफ्रिनले युरोपियन सुपर लिगमा संलग्न रहेकाले उनीहरूलाई प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।

प्रतिबन्ध लाग्न सक्ने भए पनि युइएफएले आगामी सिजनको च्याम्पियन्स लिगमा सहभागी हुनका लागि पत्र भने पठाएको हो ।

डिपोर्टेस कोपेका अनुसार स्पेनिस फुटबल संघले युइएफएको आधिकारिक पत्र पाएको छ जुन उसले प्रत्येक नयाँ सिजन सुरु हुनुभन्दा अघि च्याम्पियन्स लिगमा सहभागी हुने टिमलाई पठाउने गर्छ ।

युइएफएको यो पत्रबाट के बुझ्न सकिन्छ ऊ च्याम्पियन्स लिगमा रियल र बार्सिलोनाको उपस्थिति होस् भन्ने चाहन्छ । 
  
 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार ११:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया