स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा पुगे पर्यटनमन्त्री

 संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा पुगेका छन्। उनलाई त्यहाँ कार्यकर्ता र शुभेच्छुकले स्वागत गरेका छन्। 

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवा, नेता कार्यकर्ता र शुभेच्छुकले स्वागत गरेका हुन् । 

जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेका मन्त्री अरगरिया स्वास्थ्य सामग्रीसहित गृहजिल्ला पुगेका हुन्। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी भएका उनका सहयोगीहरु बताउँछन्। 

मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयुमा चाहिने उपकरणहरु प्रदान गर्दैछन् । भोलि बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १४:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया