जनकपुरमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेकाे अभियाेगमा एक जना पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु मण्डलले जबरजस्ती करणी गरेका हुन् । 

बालिका बलात्कार गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अभियुक्त मण्डललाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए । 

अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बुधबार बिहान मण्डललाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको एसपी रानाभाटले बताए । 

यसअघि पनि मण्डलले आफ्नै गाउँकी एक महिलालाई पनि जबरजस्ती करणी गरेका थिए । त्यो बेला स्थानीयले सो घटनालाई गाउँमै ढाकछोप गरी मिलाएका थिए ।
 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १५:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया