सुर्खेतमा बाढी पहिरोको जोखिम, सतर्क रहन आग्रह

लगातार वर्षाका कारण कर्णाली प्रदेशमा पनि बाढी पहिरोको जोखिम बढेको छ । ससाना खहरे खोला अत्यधिक मात्रामा रहेको सुर्खेतमा बाढी पहिरोको उच्च जोखिममा परेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरको छ । 

जिल्लामा रहेका सिम्ता खोला, भुप्रा खोला, चिंगगाड खोला, खहरे खोला, गोछे खोला, इत्राम खोला, खोर्के खोला, निकास खोला, भेरी तथा कर्णाली नदी आसपासका क्षेत्रमा बढी पहिरोको जोखिम बढेको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले  जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउन तथा कुनै घटना आइपरेमा वडा कार्यालय, गाउँपालिका वा नगरपालिका र सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
 
देशैभर मनसुन सक्रिय भएसँगै पछिल्ला केही दिनयता कर्णालीसहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा ४१ मिलिमिटर वर्षा भएको छ ।
 
यसै गरी कर्णालीका अन्य जिल्ला दैलेखमा २५, जाजरकोटमा १७, हुम्ला विमानस्थलमा ३१ मिलिमिटर वर्षा भएको छ । कर्णाली नदी आसपासका क्षेत्र, दैलेख, अछाम, कालीकोट लगायतका केही क्षेत्रमा बुधबार राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १५:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया