अब उपत्यकामा स्मार्ट लकडाउन गरिने

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गरिने भएको छ । 

कोभिड व्यवस्थापन निर्देशन समितिको बुधबार राति बसेको बैठकले काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउन गर्दै अत्यावश्यक वस्तु र आपूर्तिलाई सहज पारिने बैठकले निर्णय गरेको छ । आगामी सातादेखि जनस्वास्थ्य मापदण्ड कायम गर्दै केही क्षेत्र खुकुलो पारिनेछ । 

बैठकमा प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई जनस्वास्थ्य मापदण्डसहित खोल्न दिने निर्णय गरेको छ । 

यसै गरी बैठकमा जापान, मलेसिया, कतार, साउदी अरेबिया लगायतका देशमा पुनः हवाइ सेवा सञ्चालन गर्ने निर्णय भएको थियो । 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ६:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया