रियलका लिजेण्ड सर्जियाे रामोसले क्लब छाड्ने

स्पेनिस जायन्ट रियल मड्रिडका डिफेन्डर सर्जियाे रामोसले क्लब छाड्ने भएका छन् । 

क्लबले बुधबार विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्न लागेको जानकारी दिएको हो । क्लबले बिहीबार रामोसलाई एक कार्यक्रमको आयोजना गरी बिदाइ गर्ने बताएको छ । उक्त बिदाइ कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको पनि सहभागी हुने भएको छ  ।

यो सिजनमा इन्ज्युरीको समस्याबाट जुधिरहेका रामोसले नयाँ सालको सुरुवातबाट नै जम्मा ५ खेलमा सहभागिता जनाएका थिए ।

रामोस सन् २००५ मा सेभियाबाट २७ मिलियन युरोमा मड्रिडमा अनुबन्ध भएका थिए । रामोसले मड्रिडका लागि ६७१ खेलमा सहभागी हुँदै १०१ गोल गरेका छन् । उनी क्लबका सफल फुटबलर मानिन्छन् ।

उनी सन् २०१५ मा क्लबका क्याप्टेन भएका थिए । उनले मड्रिडलाई पाँच ला लिगा, चार च्याम्पियन्स लिग र दुई कोपा डेल रे गरी २२ ट्रफी जिताएका छन् ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ७:५०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया