भारतमा बितेको २४ घण्टामा थप १ हजार ४११ जनाको मृत्यु

कोरोनाको हटस्पट बनेको भारतमा पछिल्लो समय मृतकको संख्या घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप १ हजार ४११ जनाको ज्यान गएको छ । 

हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३१ हजारभन्दा धेरै रहेका छन् । मृत्यु हुनेको संख्यामा भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा आउँछ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६७ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमण हुनेको संख्या २ करोड ९६ लाखभन्दा बढी रहेका छन् । 

कोरोना संक्रमितमध्ये २ करोड ८२ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन् भने ८ लाखभन्दा धेरै संक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

जोन्स होपकिङ युनिभर्सिटीका अनुसार विश्वभर हालसम्म भाइरसबाट १७ करोड ६७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने ३८ लाख २४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।


 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ८:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया