बर्दियामा हात्तीको आक्रमणमा परी एकको मृत्यु भएको छ ।
जिल्लाको बाँसगढी नगरपालिका-८ निवासी ७८ वर्षीय नरेश्वर सापकोटालाई हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनकाे मृत्यु भएको हो ।
सापकोटा च्याउ खोज्न गएका थिए । सोही क्रममा उनी नवप्रभात सामुदायिक वनमा हात्तीको आक्रमणमा परेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।