आपसी झगडामा आफ्नै साथीकाे हत्या, हत्याराले हत्या गरेकाे स्विकारे

झापामा साथीले साथीकै हत्या गरेका छन् ।

जिल्लाको मेचीनगर गाउँपालिका-५ अँधेरी निवासी शुक्रराज लिम्बुले सोही स्थानकै भीमराज लिम्बुको हत्या गरेका हुन् ।

प्रहरीले शुक्रराज लिम्बुलाई पक्राउ गरेको छ । आपसी झगडामा खुट्टामा बाँध्ने ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको लिम्बुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

स्थानीय इँटाभट्टा छेउमा ब्यान्डेजले घाँटी बाँधेको  र मुखबाट रगत आइरहेकाे अवस्थामा लिङ्देनकाे शव भेटिएको थियो । शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार ९:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया