युराे कप: युक्रेन र नर्थ मेसोडोनिया भिड्दै

युरोपको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता युरो कप अन्तर्गत आज बिहीबार युक्रेन र  नर्थ मेसोडोनिया भिड्दै छन् । 
 
समूह ‘सी’ मा रहेका यी दुई टोली बीचको खेल आज नेपाली समय अनुसार साँझ ६ः४५ बजे रोमानियाको नेसनल एरिना मैदानमा सुरु हुनेछ ।

खेलमा जित निकाली पहिलो हारको बदला लिने सुरमा युक्रेन हुनेछ । युक्रेनले पहिलो खेलमा नेदरल्याण्डसँग ३-२ ले हार व्यहोरेको थियो ।

यता नर्थ मेसोडोनिया पनि जितकै खोजीमा हुनेछ । ऊ पनि पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो । 

युक्रेन समूह ‘सी’ को तेस्रो स्थानमा अवस्थित छ भने  नर्थ मेसोडोनिया चौथो स्थानमा छ । 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १०:२०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया