बलिउड अभिनेता फरहान अख्तरको चलचित्र ‘तुफान’ जुलाई १६ मा अमेजन प्राइम मार्फत रिलिज हुने भएको छ।
चलचित्र ‘तुफान’ले गएको मे २१ का लागि रिलिज डेट लिएको थियो । कोरोना महामारीका कारण चलचित्रको उक्त रिलिज डेट स्थगित भएको थियो ।
आफ्नो चलचित्रको रिलिज डेट सार्वजनिक गर्दै फरहानले ट्विटरमा लेखेका छन्, ‘हाम्रो देशका सुन्दर व्यक्तिहरूको माया, नम्रता र लड्ने आत्मबलका कारण हाम्रो चलचित्र ‘तुफान’ यही जुलाई १६ मा रिलिज हुँदैछ ।’
फरहानले अघिल्लो महिना यही चलचित्रलाई लिएर एक विज्ञप्ति निकालेका थिए । उनले कोरोनाले सिर्जना गरेको कठिन परिस्थितिका कारण चलचित्रको रिलिज मिति पोस्टपोन्ड गर्न लागेको बताएका थिए ।
राकेश ओमप्रकाश मेहराले निर्देशन गरेको ‘तुफान’मा अभिनेता फरहान एक राष्ट्रिय स्तरका बक्सिङ खेलाडीको भूमिकामा देखिने छन् । उनका साथमा चलचित्रमा मृणाल ठाकुर, परेश रावल, सुप्रिया पाठक कपुर र हुसेन दलाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।