प्रदेश विपद कोषमा ५ करोड राखियो, दीपक मनाङेसँगै हेलिकोप्टरमा मनाङ पुगे मुख्यमन्त्री

बाढीले ठूलो क्षति पुर्‍याएपछि अस्तव्यस्त बनेको हिमालपारिको जिल्ला मनाङका लागि राहत लिएर गण्डकीका मुख्यमन्त्री  कृष्णचन्द्र नेपाली पोखरेल हेलिकोप्टरमा गएका छन्।

मनाङस्थित बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि मुख्यमन्त्री पोखरेल हेलिकोप्टरमा गएका हुन् । उनको साथमा भौतिक मन्त्री दीपक मनाङे र सांसद चिन्तबहादुर घले पनि छन्। 

नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार अपराह्न मुख्यमन्त्री नेतृत्व टोली मनाङ पुगेको हो।  त्यसअघि मुख्यमन्त्री पोखरेल अध्यक्षतामा बसेको प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद कोषमा ५ करोडमा रुपैयाँ राख्ने निर्णय लिएको थियो। 

उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको थियो। त्यसपछि मुख्यमन्त्री पोखरेल गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ उडेका हुन्। 





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १४:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया