काठमाडौंले राहत र उद्धारका लागि मेलम्ची नगरलाई दुई करोड दिने

काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्। 

मेलम्चीस्थित इन्द्रावती नदीमा आएको बाढी त्यसले गरेको धन-जनको क्षतिपछिको राहत तथा उद्धारका लागि त्यो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। 

मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित छ। उक्त नगरलाई यसअघि पनि नगर-नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका-१० मेलम्ची बजार नजिक इन्द्रावती किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क बनाउन १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया