देशमा मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरोको प्रकोप देखिएको छ । बाढीले सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोकमा गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण बस्ती नै बगरमा परिणत भएको छ । धेरै मानिस विस्थापित भएका छन् ।
मेलम्चीमा बाढीका कारण प्रभावित मानिसहरूलाई कलाकारहरूले राहत वितरण सुरु गरेका छन् । अभिनेत्री पूजा शर्मा शुक्रबार राहत सामग्री बोकेर सिन्धुपाल्चोक जाने भएकी छिन् । उनी अहिले राहत सामग्रीको तयारीमा लागेकी छिन् ।
सिन्धुपाल्चोकमा जन्मिएकी पूजाले त्यहाँको विपतले आफूलाई पनि दुखी बनाएको बताएकी छिन् । आफ्नो क्षमताले भ्याएसम्मको राहत सामग्री वितरण गर्ने पूजाले जनाएकी छिन् ।
सिन्धुपाल्चोकमै जन्मिएकी अर्की अभिनेत्री श्वेता खड्काले पनि शुक्रबार नै सिन्धुपाल्चोक जाने तयारी थालेकी छिन् । शुक्रबार नै सिन्धुपाल्चोक पुगी बाढी प्रभावितलाई वितरण गर्ने श्वेताले जानकारी दिइन् ।
विभिन्न सहयोगीका साथमा खाद्यान्न सामग्री लिएर जाने तयारीमा लागेकी उनले विपतको बेला हातेमालो गर्न सबैसँग आग्रह समेत गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।