मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : सरकारविरुद्ध कु-प्रचार भयो, प्रतिवादमा उत्रिनू
सरकार ढाल्न नसकेर अदालत पुगेको गुनासो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कु-प्रचार गर्नेहरुविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारविरुद्ध विरोधीहरुले कु-प्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन निर्देशन दिएका हुन्। 

विरोधीहरु आक्रमक ढंगले प्रस्तुत भएको भन्दै उनले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गरेका हुन्। 'हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरुको डिफेन्स गर्न अनुरोध गर्छु।'

प्रधानमन्त्री ओलीले यत्रो समय कटाए पनि सरकार ढाल्न नसकेर अदालतको साहारा लिन पुगेको टिप्पणी पनि गरे।

भिडियो





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया