प्रेमिकाको हत्या गरी फरार भएका व्यक्ति पक्राउ

डेढ महिनाअघि मृत फेला परेकी मोरङ कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी सरीता सोरेनको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।

हत्या भएको भएको डेढ महिनापछि प्रहरीले मोरङ रतुवामाई ६ का ३० वर्षीय सुफल हस्तालाई पक्राउ गरेपछि रहस्य खुलेको हो ।

हस्तालाई भारतीय प्रहरीको सहयोगमा भारतमा पक्राउ गरिएको हो । सरिताको हत्या गरी उनी लकडाउनकै समयमा भारततर्फ भागेको प्रहरीले जनाएको छ ।

सरिताकोे रतुवामाई नगरपालिका–४ मा डेढ महिनाअघि मकैबारीमा शव फेला परेको थियो ।

स्थानीय रामप्रसाद भण्डारीको मकैबारीमा अर्धनग्न अवस्थामा मृत अवस्थामा शव भेटिएकी उनको पहिचान दुई दिनपछि खुलेको थियो ।  

प्रहरीका अनुसार सरितालाई प्रेमी सुफलले फोन गरेर रतुवामाईमा भेट्न बोलाएका थिए ।



भेटघाटपछि सरिताले सुफललाई विवाह गर्न दबाब दिएको र यही रिसमा सरिताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानले देखाएको छ । 



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १७:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया